newskoseli.Com

खड्ग ओली–प्रचण्डका ‘अडान’ यथावत : भेटघाट तीव्र, परिणाम शून्य !

पार्टीभित्र विकसित घटनाक्रमका विषयमा प्रधानमन्त्री खड्ग ओलीले शनिबार बिहान संसदीय दलका उपनेता सुवास नेम्बाङसँग सरकारी निवास बालुवाटारमा छलफल गरे । त्यसको केही बेरपछि बोलाइए, परराष्टमन्त्री प्रदीप ज्ञवाली पनि ।

पार्टीभित्र बहुमत नेताहरुको घेराबन्दीमा परेका प्रधानमन्त्री ओली आफू विरुद्धको घेरा कसरी तोड्ने भन्नेमा निकट नेताहरुसँग दिनहुँजसो आन्तरिक छलफलमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु पनि प्रधानमन्त्रीले सचिवालय निर्णय कार्यान्वयनमा गरिरहेको ‘आनाकानी’ लाई तोडेर कार्यान्वयनमा कसरी लैजाने भन्नेबारे छलफलमै छन् ।

१० फागुनको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान संविधान संशोधन कार्यदल गठनसम्मका विषयमा नेकपा प्रवेश गरेपछि त्यसयता पार्टीभित्र ओली र ओलीइतर समूहका रुपमा नेताहरुबीच ‘मोर्चाबन्दी’ जारी छ । पार्टीभित्र देखिएका विवादको समाधान कसरी खोज्ने भन्नेमा दुवै पक्षमा अहिले आन्तरिक तयारी तीव्र छ । तर, अडान आ–आफ्ना यथावत ।

प्रचण्डकाे प्रयास

१४ फागुनको सचिवालय बैठक सरकारको सिफारिसमा राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने स्थानमा उपाध्यक्ष वामदेव गौतमलाई निःशर्त पठाउने निर्णयमा पुगेपछि ओली दबावमा परेका छन् । ओली पार्टीको निर्णय नमानी युवराज खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा दोहोर्‍याउने अनि प्रचण्डलगायतका नेताहरु सचिवालयका निर्णयअनुसार वामदेव गौतमलाई नै राष्ट्रियसभामा पठाउने ‘अडान’ मा छन् ।

खासमा यो खुमलटार र बालुवाटारबीचको शक्ति–संर्घष हो । अरु नेताहरु ‘वामदेव प्रकरण’ बनेर यो शक्ति–संर्घषमा जोडिएका मात्र हुन् । दुवै पक्षले आन्तरिक तयारी गर्ने र त्यसपछि निश्कर्ष र समाधानको विकल्प सार्वजनिक गर्ने क्रम पनि नेकपाभित्र चलेको छ । शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमबीचको छलफलको निस्कर्ष प्रचण्डले चितवन पुगेर पत्रकारसँग खोलेका थिए ।

‘अहिले पार्टी निर्णय मानेर वामदेवलाई राष्ट्रियसभा सदस्यका रुपमा लैजाने, अर्थमन्त्रीका रुपमा खतिवडालाई नै अहिले निरन्तरता दिने’– प्रचण्डले चिवन पुगेर सुनाएका विकल्प हुन् यी । त्यही सन्देश वरिष्ठ नेता नेपालले शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीसँगको भेटमा सुनाएका पनि थिए । तर, प्रधानमन्त्री ओली त्यसमा ‘टसमस’ भएको देखिएका छैनन् ।

ओलीले पनि आफ्ना अडान आफूपक्षीय नेता इश्वर पाखेरेलमार्फत अभिव्यक्त गराइरहेका छन् । शनिबार बिहानसम्मको नेताहरुको बालुवाटार छलफलको निश्कर्ष उपप्रधानमन्त्री पोखरेलले पनि विराटनगर पुगेर सुनाए । ‘वामदेवलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णय कार्यान्वयन गर्ने तर पहिले खतिवडालाई नै लग्ने र पछि उपयुक्त समय मिलाएर मात्र गौतमलाई लैजाने’– ईश्वर पोखरेलमार्फत ओलीले व्यक्त गरेको यो ‘अडान’ सम्बन्धी खबर रामकृष्ण अधिकारीको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर