newskoseli.Com

सुस्ताए गृहमन्त्रीका ‘आक्रामक’ कार्ययोजना !

खड्ग ओली नेतृत्वको सरकारले सय दिन मनाउँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सबैभन्दा बढी चर्चामा थिए । यातायात क्षेत्रको सिन्डिकेटदेखि समयमा काम सम्पन्न नगर्ने ठेकदारसम्मलाई पक्राउ गरेर कारबाही गर्ने उनका कार्ययोजनाको सर्वत्र प्रशंसा भएको थियो ।

सुन तस्करीमा संलग्न ‘हाइ–प्रोफाइल’ व्यक्तिहरू धमाधम पक्राउ परिरहेका थिए । सरकारका मन्त्रीहरूमध्ये सबैभन्दा चर्चा र प्रशंसा उनकै थियो  । १३ फागुनमा बादल गृहमन्त्री भएको दुई वर्ष पुगेको छ । तर, उनी अहिले विगतमा जस्तो चर्चामा छैनन्  । उनका ‘आक्रामक’ कार्ययोजनाहरू सेलाउँदै गएका छन् ।

निर्मला पन्तको हत्यादेखि कुमार पौडेलको ‘इन्काउन्टर’ सम्मका घटनाको विवादले उनको ‘छवि’ मा धक्का लाग्यो । पछिल्लो समय उनको कार्यशैली फेरिँदै गएको खबर नवराज मैनालीको बाइलाइनमा शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर