newskoseli.Com

राजदूतमा सरकारको अनौठो ‘मापदण्ड’ : नेताका सासू र सालीदेखि व्यापारीका छोरीसम्म ‘योग्य’, अनुभवी र विज्ञहरु ‘अयोग्य’ !

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ । पूर्वमुख्यसचिव समेत रहेका पौड्याललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषदले नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूतका रूपमा चीन पठाउने निर्णय गरेको छ ।

पौड्यालको कार्यसम्पादन ‘सन्तोषजनक नभएको’ भनेर तुरुन्त फर्काउने निर्णय गरेको सरकारले नेताका सासू, साली र व्यापारीका छोरीको काममा भने प्रश्न उठाएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणा जापानमा राजदूत छिन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको कांग्रेस र तत्कालीन माओवादी केन्द्रको संयुक्त सरकारले राणालाई वैशाख, ०७४ मा राजदूत बनाएको हो ।

जापानजस्तो नेपालको असल विकास साझेदार देशमा राणालाई ‘बुढेसकालमा आराम गर्न’ पठाइएको हो । उनको कामको विषयमा परराष्ट्र मन्त्रालयका कुनै पनि अधिकारी सन्तुष्ट छैनन् । त्यतिबेला सरकारमा कांग्रेस रहेकाले उनको नियुक्त भयो । अहिले देउवा प्रतिपक्षी दलका नेता भएकाले सरकारले राणालाई फिर्ता बोलाउन नसकेको खबर परशुराम काफ्लेको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर