newskoseli.Com

सुन्दर नाराभित्र प्रहरीको क्रुर व्यवहार !

सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन् । ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक जवाफको खोजीमा छन् ।

बिहीबार ललितपुरको भैंसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नाबालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटनाले सर्वसाधारणलाई यसको जवाफ खोज्न बाध्य पारेको हो । ‘नेपाल प्रहरी र नागरिक समुदाय एक–अर्काका परिपूरकजस्तै हुन्,’ ठमेलका समाजसेवी अर्जुन पुरी भन्छन्– ‘प्रहरी मेरो साथी भन्ने तर व्यवहार शत्रुको जस्तो गर्ने कार्य कदापि राम्रो होइन । प्रहरी आफ्नो पेशाप्रति जिम्मेवार र कानुन कार्यान्वयनमा दृढ भए पुग्छ ।’

हालै ‘भाइरल’ भएको प्रहरीको एउटा पछिल्लो व्इवहारसम्बन्धी यो खबर देवबहादुर कुँवरको बाइलाइनमा सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर