newskoseli.Com

ज्ञानेन्द्र शाहले दिल्लीबाट के ल्याए सन्देश ?

४ फागुन, २०७६ मा भारत भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्रविक्रम शाह १८ फागुन, २०७६ मा स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँदिल्ली हुँदै अमृतसर पुगेका पूर्वराजा ज्ञानेन्द्र तथा उनकी पत्नी कोमललगायतको टोलीले ८ फागुन, २०७६ मा विश्वप्रसिद्ध स्वर्ण मन्दिरमा पूजापाठ गरेको थियो र त्यसको अघिल्लो दिन ७ फागुन, २०७६ मा नेपालको ‘प्रजातन्त्र दिवस’ का दिन अमृतसरमा नै कोमल राज्यलक्ष्मी शाहको जन्मोत्सव पनि पूर्वराजको टोलीले मनाएको थियो ।

२९ जेठ, २०६५ मा राजगद्दी त्याग्दै राजदरबारबाट बाहिरिएका पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहले पटक–पटक भारतको भ्रमण गरेका छन् । यसभन्दा अगाडि व्यक्तिगत र धार्मिक यात्रा गर्दै आएका भए पनि राजतन्त्र समाप्त भएर मुलुक गणतन्त्रमा प्रवेश गरेको ११ वर्षपछि ४ फागुन, २०७६ मा भारतको राजधानी नयाँदिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्रले पहिलो पटक ‘राजनीतिक भ्रमण’ गरेको टिप्पणी काठमाडौंदेखि नयाँ दिल्लीसम्म समेत भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहले भारतका शीर्ष राजनीतिक व्यक्तिहरुसँग भेटघाट गरेर भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको विशेषदूत भएर काठमाडौं आएका करण सिंहले आगडि बढाएको त्रिपक्षीय सम्झौतालाई आफूले इमानदारितापूर्वक निर्वाह गरेको भए पनि उक्त सम्झौताका अन्य पक्ष संसदवादी सात दलका साथै तत्कालीन विद्रोही माओवादी र मध्यस्थताको भूमिका निर्वाह गरेको भारतीय पक्ष इमानदार नभएको गुनासो व्यक्त गरेका स्रोतले बताएको खबर सोमबारको साँघु साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर