newskoseli.Com

‘साहित्यकार’ डीआईजीले चपाइदिए सिपाहीको तलब !

दोहोरो तलब–भत्ता निकासा गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘साहित्यकार’ समेत रहेका र ‘मदन पुरस्कार’ समेत पाएका नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीका तत्कालीन समादेशक पूर्वडीआईजी शाह, लेखापाल सई दिपेन्द्र पनेरू तथा हवल्दार केशवसिंह ऐरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । ३३ लाख ३८ हजार ८४ रुपैयाँ अनियमितता गरेको उनीहरूमाथि अभियोग छ ।

तालिम केन्द्रबाट सरुवा भइसकेका १ सय ३ जना प्रहरीको दुई महिनाको तलब निकालेर ३१ लाख ८८ हजार ४ सय ६९ रुपैयाँ अनियमितता भएको आयोगले जनाएको छ । तालिम सकेका प्रहरी जवानको ११ माघ, ०७२ मा विभिन्न कार्यालयमा सरुवा भएको थियो ।

उनीहरूले माघ महिनादेखि सरुवा भएकै कार्यालयबाट तलब लिएका थिए । तर, माघ र फागुन महिना पनि उनीहरू त्यहीं कार्यरत रहेको कागजपत्र बनाएर तलब र रासनभत्ता दिएको देखाएर अनियमितता भएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर