newskoseli.Com

डीआईजी घटाउने गृहको तयारी : तर प्रहरी हेडक्वार्टरलाई ‘थाहै छैन’ !

गृह मन्त्रालयले नेपाल प्रहरीको नायव महानिरीक्षक (डीआईजी) को संख्या घटाउने तयारी थालेको छ । गृह स्रोतका अनुसार हाल कायम रहेका ३४ जना डीआईजी (प्राविधिकसहित) को दरबन्दीमध्ये केही संख्या घटाउने विषयमा मन्त्रालयले छलफल अघि बढाएको हो ।

‘केही डीआईजीको संख्या घटाउने भन्ने विषयमा छलफल भइरहेको छ, हाल कायम रहेको संख्यामा केही घट्न सक्छ तर निर्णय भने भइसकेको छैन’– गृह स्रोतले भन्यो । मन्त्रालयले एकाएक डीआईजी संख्या घटाउने गरी तयारी थालेपछि प्रहरी प्रधान कार्यालय भने त्यसको असर सिंगो प्रहरी संगठनमा पर्ने भन्दै रुष्ट देखिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी (प्रस्तावित एआईजी) शैलेश थापा क्षेत्रीले सो विषयमा प्रहरी प्रधान कार्यालयलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘त्यो विषयमा हेडक्वार्टरलाई जानकारी छैन’– उनले भनेको खबर महेश्वर गौतमको बाइलाइनमा बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर