newskoseli.Com

भारतले लगायो अब औषधिमा प्रतिबन्ध !

विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै भारतले अब कुनै पनि मुलुकमा औषधि निर्यात नगर्ने सूचना जारी गरेको छ ।

सामान्य दुखाइदेखि जटिल अवस्थामा विश्वमा सबैभन्दा बढी प्रयोग हुने सिटामोललगायतका १५ प्रकारका औषधि निर्यात नगर्ने घोषणा गरेलगत्तै बुधबार सरोकारवाला निकायको बैठकले नेपाल र भारतको वाणिज्य विभागसँग समन्वय गर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा सहभागी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेयर श्रेष्ठका अनुसार हाल आत्तिनुपर्ने अवस्था छैन र अन्य मुलुकबाट सहजीकरणको पहल हुनुका साथै ताइवान, बैंककबाट मास्क र औषधि आयात गर्ने निर्णय भएको छ । बैठकमा स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, व्यवसायी, वाणिज्य विभाग, औषधि उत्पादक संघलगायतको उपस्थिति थियो ।

यी कार्यका लागि सहजीकरणका लागि नेपाल सरकारले पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् । प्यारासिटामोल र ओम्पेराजोलजस्ता १५ प्रकारका जेनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तीबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि संसारभरि औषधिको अभाव हुने त्रास बढेको विषयमा नेपाल भने अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था छैन ।

तर पनि नेपाल र भारतका उद्योग तथा वाणिज्य मन्त्रालयका बीच औषधिजस्तो संवेदनशील वस्तुको महत्त्वलाई ध्यानमा राखी वार्ता हुनु जरुरी भएको निष्कर्ष निकालियो श्रेष्ठले बताएको खबर भगवती तिमल्सिनाको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर