newskoseli.Com

रगत दिँदै आएकी समीक्षाले नै ओलीलाई दिइन् मिर्गौला

नाताले भान्जी पर्ने समीक्षा संग्रौला र प्रधानमन्त्री केपी शर्मा ओलीको परिवारबीचमा निरन्तर आवत–जावत थियो । ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्री निवास बालुवाटार पुगिरहन्थिन् ।

त्यही बीचमा १२ वर्षअघि प्रत्यारोपण गरिएको ओलीको मिर्गौलामा समस्या आयो । उनी पटक–पटक बिरामी पर्न थाले । प्रधानमन्त्रीलाई बीच–बीचमा रगत चढाउनुपर्ने अवस्था पनि आयो । प्रधानमन्त्रीको रगत ‘ओ नेगेटिभ’ अर्थात् दुर्लभ समूहको छ ।

संयोगले समीक्षाको पनि ‘ओ नेगेटिभ’ नै हो । त्यसैले उनले मामालाई रक्तदान पनि गरिन् । तर, ओलीको मिर्गौलाको कार्यक्षमतामा निरन्तर ह्रास आयो । अन्ततः मिर्गौला प्रत्यारोपण नै गर्ने टुंगो भयो । तर, कसको मिर्गौला लिने भन्ने विषयमा छलफल भयो । रक्तदान गर्दै आएकी समीक्षा तयार भइन् । हुन त अरु पनि इच्छुक थिए । तर, नाता र स्वास्थ्यको हिसाबले समीक्षाको मिर्गौला छनोट भयो ।

मिर्गौला दान गर्ने निर्णय गर्दा समीक्षाले प्रधानमन्त्री निवास बालुवाटारमा भनेकी थिइन्– ‘केपी ओली मेरो मामा मात्र होइन, यो देशको प्रधानमन्त्री हो र देशलाई समृद्ध बनाउने सपना लिएर हिँडेको नेता हो । त्यसैले मैले मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय गरेकी हुँ ।’

समीक्षाका पति नेपाली सेनामा कार्यरत छन् । उनीहरूका एक छोरा र एक छोरी रहेको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर