newskoseli.Com

सोमबार डिस्चार्ज हुने प्रधानमन्त्रीको चाहना

फाइल तस्बिर

बुधबार (२१ फागुनमा) मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीले सोमबार (२६ फागुनमा) अस्पतालबाट डिस्चार्ज मागेका छन् । स्वास्थ्य राम्रो भएको भन्दै उपचारमा खटिएका चिकित्सकसँग ओलीले आगामी सोमबार डिस्चार्ज दिन आग्रह गरेका हुन्  ।

मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. प्रेमराज ज्ञवालीका अनुसार प्रधानमन्त्रीले जति सक्दो चाँडै डिस्चार्ज मागेका छन्  । शनिबार राउन्डमा गएका चिकित्सकसँग उनले यस्तो प्रस्ताव राखेका हुन्  ।

तर, डिस्चार्ज दिएपछि घरमा आरामभन्दा भेटघाट बढ्ने भन्दै २–४ दिन बढी अस्पतालमै राख्ने पक्षमा चिकित्सकहरू रहेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर