newskoseli.Com

८ मार्च : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (नारी दिवस)

८ मार्च, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (नारी दिवस) मनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रमहरु हुँदैछन् ।

यही सन्दर्भमा आइतबारका विभिन्न पत्रपत्रिकाले समाचार प्रकाशित गरेका छन् । पुरुषको औसत मासिक ज्याला १९ हजार ४ सय ६४ हुँदा महिलाको ज्याला १३ हजार ६ सय ३० मात्र अर्थात् ३० प्रतिशत कम रहेको छ । कृषिप्रधान देश नेपालमा कृषिमा कूल श्रमिकको ५७.१९ प्रतिशत महिला छन्  । त्यस्तै, मजदुरीमा ३७.२६ प्रतिशत महिला छन्  ।

अर्थतन्त्रमा उनीहरूकै श्रमको अमूल्य योगदान छ । हरेक ठाउँमा पुरुषसँग प्रतिस्पर्धा गरिरहेका महिलाको ज्याला भने पुरुषको भन्दा ३० प्रतिशत कम छ । राज्यका प्रमुख अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकादेखि रोजगारी र मजदुरीसम्म महिला सहभागितामा विभेद छ । देशमा काम गर्ने उमेरका २ करोड ७ लाख व्यक्तिमध्ये महिला ५५.५५ प्रतिशत अर्थात् १ करोड १५ लाख छन्  ।

नेपालको कूल जनसंख्या २ करोड ९८ लाख ८१ हजार छ भने ५१.५० प्रतिशत अर्थात् १ करोड ५३ लाख ८८ हजार महिला छन् । काम गर्ने उमेरको जनसंख्या २ करोड ७ लाखमध्ये महिलाको संख्या ५५.५५ प्रतिशत अर्थात् १ करोड १५ लाख रहेको खबर शान्ति तामाङ, मुना कुँवर, शिल्पा कर्णमञ्जु टेलरको बाइलाइनमा आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर