newskoseli.Com

चक्रपथका तीन ठाउँमा ‘फ्लाइओभर’ सडक

सडक विभागले चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डका विभिन्न तीन ठाउँमा फ्लाइओभर बनाउने योजना ल्याउने भएको छ ।

चीन सरकारले उक्त सडक खण्ड चौडा पारी स्तरीय बनाइदिए पनि मुख्य चोकमा लामो समयसम्म सवारी रोक्नु परेकाले फ्लाइओभर निर्माणको योजना ल्याइएको विभागका महानिर्देशक केशव शर्माले बताए ।

‘सडक चौडा र स्तरीय बनाइए पनि चक्रपथको ग्वार्को, सातदोबाटो, एकान्तकुना र बल्खुलगायतका मुख्य–मुख्य चोकमा जाम बढेपछि फ्लाइओभरको योजना ल्याएका हौं’– शर्माले भनेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर