‘पहाडी रानी’ उपमाले परिचित तनहुँको पुरानो सदरमुकाम बन्दीपुर पर्यटकीय तथा व्यावसायिक हिसाबले छिट्टै नै छलाङ मार्ने तयारीमा जुटेको छ । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण आरम्भ गरिएको ‘बन्दीपुर ग्रेटवाल’, निर्माणधीन केबलकार, प्याराग्लाइडिङ आदिका कारण यो सम्भावना देखिन्छ ।
यतिबेला बन्दीपुरको माथिल्लो डाँडामा ‘ग्रेटवाल’ निर्माणकार्य चलिरहेको छ । यसका लागि हालसम्म ७० लाख रुपैयाँ खर्च गरिएको छ । सल्लाघारीदेखि थानीमाई मन्दिरसम्म पुग्नका लागि १ हजार १ सय मिटरको ‘ग्रेटवाल’ निर्माणकार्य भैरहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकराी दिए ।
‘ग्रेटवाल’ को निर्माण सकिएपछि त्यसमा रेलिङ र बत्ती जडान गरेर यसलाई पूर्णता दिइने छ । वालको निर्माणकोकार्य छिट्टै सक्ने तयारी रहेको खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।