newskoseli.Com

मोटरसाइकल ‘दाइजो’ दिन नसक्दा रोकियो बिहे

बिहेका लागि मण्डप बनिसकेको थियो । एक दिन अघिदेखि नै घरमा बाजा बजिरहेको थियो । सबै प्रतीक्षा गर्दै थिए– अब बेहुला आउँछ । तर, यस्तो समयमा धनुषामा एउटा बिहे रोकिएको छ । बिहे रोकिनुका कारण केटा पक्षले मागेको मोटरसाइकल ‘दाइजो’ दिन नसक्नु हो ।

नगराईन नगरपालिकाको जटहीका बेचनी सदाकी १९ वर्षीया छोरी पूजा सदाको बिहे धनुषाकै भुतही निवासी रोहित सदाका २१ वर्षीय छोरा सुशील सदासँग फागुन २५ मा हुने तय भएको थियो । तर, आर्थिक अभावका कारण बेचनीले मोटरसाइकल दिन नसकेपछि सुशील सदा विवाह गर्न नै आएनन् । ऋण काढेर सबै तयारी गरे पनि विवाह नै नभएपछि बेहुलीपक्ष मारमा परेको छ ।

साहुसँग चर्को ब्याजमा ३ लाख रुपैयाँ ऋण काढेर सम्पूर्ण तयारी गरे पनि विवाह नै नभएपछि बेचनी थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न समियानाहरु पनि लगाइएको थियो । ‘हामी भन्दै थियो– पैसाको व्यवस्था भएन, बिहेपछि मोटरसाइकल दिन्छु तर केटा पक्षले मानेन’– बेचनीले बताइन् ।

घटना के रहेछ, आफूले बुझिरहेको बताउँदै दोषीलाई समातेर कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । उनले भने– ‘बेहुली पक्षले यदि जिल्ला प्रशासन कार्यालयमा जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामीले बेहुला पक्षमाथि कारबाही गर्छौं ।’

आजको समयमा पनि नेपाली समाजले भोगिरहेको असभ्यताको एउटा उदाहरणसम्बन्धी यो खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर