newskoseli.Com

खाेसियाे ‘भ्रष्टाचारी’ गच्छदारको सुरक्षा : फिर्ता भयाे सशस्त्र प्रहरी

पूर्वगृहमन्त्रीको हैसियतमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सुरक्षामा खटिएको आफ्नो ‘फोर्स’ सशस्त्र प्रहरीले फिर्ता लगेको छ । बालुवाटारस्थित ललितानिवासको जग्गा अनियमिततामा भ्रष्टाचार मुद्दा चलेपछि सशस्त्रको स्कर्टिङ गाडीसहित प्रहरी फिर्ता भएका हुन् ।

हाल गच्छदारको सुरक्षामा सुरक्षाकर्मी नखटिएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले पुष्टि गरे । भ्रष्टाचार मुद्दा दायर भएकाले नै उनको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालय स्रोतले बतायो । पीएसओका रूपमा नेपाल प्रहरीबाट केही प्रहरी भने उनीसँग अझै छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारको संलग्नता दाबी गर्दै २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले १५ दिनभित्र उपस्थित हुन उनलाई म्याद जारी गरिसकेको छ । तर, उनी अदालतमा उपस्थित भएका छैनन् । ०६६ मा गच्छदार भौतिक योजनामन्त्री थिए । उनले नै प्रधानमन्त्री निवास विस्तारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । सोही प्रस्तावका आधारमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थियो ।

अन्य पूर्वगृहमन्त्रीहरूले समेत कार्यविधिविपरीत ठूलो संख्यामा सुरक्षाकर्मी र गाडीको दुरुपयोग गर्दै आएका छन् । विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा गृहमन्त्रीबाट हटेको दुई वर्षसम्म मात्र यस्तो सुविधा पाउने उल्लेख रहेको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर