newskoseli.Com

सभामुख सापकोटा मुछ्न खोजिएको हत्या प्रकरण : ‘जिउँदै गाडिएका’ लामाको ‘मृत्युको प्रमाण‘ छैन’ !

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायतले ‘हत्या गरेका’ भनिएका अर्जुनबहादुर लामाको मृत्यु भए–नभएको अझै यकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सर्वोच्च अदालतलाई बताएको छ ।

सो कार्यालयका प्रमुख रविकुमार पौडेलले केही दिनअघि सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै अनुसन्धान गर्दै जाँदा लामाको मृत्यु भए–नभएको अझै यकिन गर्न नसकिएको उल्लेख गरेका हुन् । आफ्ना पतिलाई सापकोटालगायतले हत्या गरेको भनी लामाकी श्रीमती पूर्णिमायाले २०६५ साउन २७ मा किटानी जाहेरी दिएकी थिइन् ।

सो जाहेरीमा दिइएको तथ्यअनुसार हालसम्म उचितरुपमा अनुसन्धान नभएको भनी आलोचना भइरहेको खबर विकास भट्टराईको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर