कोरोनाभाइरस संक्रमणको कारण देखाउँदै तत्काल शान्ति मिसनमा सेना नपठाउन संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई पत्र पठाएको छ ।
मिसनका लागि दक्षिण सुडान (अनमिस) उड्ने तयारीमा रहेका ६ सय ९९ जना सैनिक अधिकारीको यात्रा राष्ट्रसंघको सो आग्रहपछि रोकिएको छ । उनीहरु यसै महिना जाने तयारीमा थिए । राष्ट्रसंघीय मुख्यालयले नेपाली सेनालाई पत्र लेखी अर्को निर्णय नहुन्जेल दक्षिणी सुडान उड्ने तयारीमा रहेका सैनिक अधिकारीलाई नपठाउन भनेको हो ।
कोरोना भाइरसको कारण देखाउँदै राष्ट्रसंघले पत्र पठाएपछि दक्षिणी सुडान जान लागेका सैनिक अधिकारीहरु रोकिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताएको खबर शम्भु कट्टेलको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पाेस्ट दैनिकमा प्रकाशित छ ।