newskoseli.Com

नेपालमा कोरोना जाँच कति भरपर्दो ?

कोरोना (कोभिड– १९) विश्वका १ सय २५ देशमा फैलिसकेको छ । बिहीबारसम्म विश्वभर १ लाख ३० हजार व्यक्ति यसबाट संक्रमित भएका छन् । तर, नेपालमा अहिले कोही पनि संक्रमित नभएकामा एकातिर खुसी छ भने अर्कोतिर आशंका । धेरैको प्रश्न छ– कतै नेपालको परीक्षणमै समस्या त छैन ?

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ भने नेपालको परीक्षण विश्वसनीय भएकामा ढुक्क छन् । उनले भने– ‘कोरोना परीक्षण गर्ने हाम्रो ल्याबमा शंका नगर्न म सबैलाई अनुरोध गर्न चाहन्छु किनकि हाम्रो ल्याबको गुणस्तरको अनुगमन विश्व स्वास्थ्य संगठनले पनि गरिरहेको छ; उसले समेत मान्यता दिएकाले हामीले चिन्ता गर्नुपर्ने कारण केही पनि छैन ।’

नेपालमा गरिएका परीक्षणको विश्वसनीयता जाँच्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बेला–बेलामा नमूना हङकङ पनि पठाउँदै आएको छ । ‘संकलन गरेका नमूना हङकङ पनि पठाउने गरेका छौं, सुरुमा चीनबाट आएका एक जना नेपालीमा पोजेटिभ भेटिएको थियो, उहाँको नमूना पनि हामीले हङकङ पठाएका थियौं, हङकङबाट पनि पोजेटिभ आयो,’ उनले भने– ‘अरूको यहाँ नेगेटिभ रिपोर्ट आएको छ, उताबाट पनि नेगेटिभ नै आयो त्यसैले हाम्रो ल्याबमा समस्या छैन भन्नेमा निश्चिन्त छौं ।’

नेपालमा हालसम्म ४ सय ५० जनाको नमूना परीक्षण गरिएकामा सुरुमै चीनबाट आएका एक नेपालीमा मात्र कोरोना भेटिएको थियो, उनको पनि उपचार भएको छ । अहिलेसम्म रिपोर्ट आएका ४ सय ४९ जनामा कोरोना नभेटिएको खबर अर्जुन अधिकारी, कृष्ण रिजालअजित अधिकारीको बाइलाइनमा शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर