newskoseli.Com

भाइरससँग लड्ने घरआँगनकै जडीबुटी (के–के हुन्, केही उदाहरण)

आयुर्वेदिक औषधि र उपचारको विकासक्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा मानव शरीरमा कोरोनालगायतका जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने जनाएको छ ।

बजारमा पाइने अनेक ब्रान्डका औषधिको भर पर्नुभन्दा घरमै उपलब्ध जडीबुटीले मानिसमा प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउन सक्ने वैद्यखानाका वरिष्ठ चिकित्सक तथा प्रबन्ध निर्देशक वंशदीप शर्माले प्रस्ट्याए । पूर्वीय सभ्यताबाट निर्देशित आम नेपालीका घरमै विविध जडीबुटी पाइने भए पनि तिनको सही उपयोग गर्ने बानी छैन ।

चिकित्सक शर्माका अनुसार गाउँघरतिर प्रयोग हुने जडीबुटीको प्रयोगमा चेतना जगाउनुपर्छ । सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाई फूलको पात, कालो जिरा, बेसारलगायत स्थानीय रूपमा पाइने जडीबुटीलाई रोग प्रतिरोधात्मक शक्ति बढाउनका निम्ति प्रयोग गर्न सकिने उनले बताए ।

‘आँगनमै उपलब्ध तुलसीको पातसँग असुरोको पात र थोरै बेसारका साथमा एक टुक्रा चन्दनको टुक्रा मिसाएर घरमै उमालेर बिहान–बेलुका एक–एक कप खाने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढ्छ, जुन ताजा हुन्छ र त्यसले दिने शक्ति शरीरले सहजै लिन सक्छ’– उनले सुनाए । ‘यदि भाइरल लागिसकेको अवस्था छ भने पनि त्यसले भाइरलको मात्रा घटाउन ठूलो मद्दत गर्ने’ उनको भनाइ रहेको खबर शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर