newskoseli.Com

३ दिनमा १२८ बुलेट ग्यास भित्रिए पनि बजारमा किन हाहाकार ?

पर्साको वीरगञ्ज नाका भएर पछिल्लो ३ दिनमा १२८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार कूल २२ लाख ६३ हजार १ सय १० किलोग्राम खाना पकाउने एलपी ग्यास बोकेका १२८ वटा ग्यास बुलेट मङ्गलबार, बुधबार र बिहीबार गरी वीरगञ्ज भन्सार नाका भएर नेपाल भित्रिएका हुन् ।

बजारमा खाना पकाउने एलपी ग्यास नपाइने गरेको जनगुनासो बढिरहेका बेला वीरगञ्ज नाका भएर अन्य सामान्य अवस्थाका दिनमा जस्तै ग्यास बोकेका बुलेट आइरहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले बताए ।

ग्यास बोकेका बुलेट वीरगञ्ज नाका भएर दैनिक ४२ देखि ४६ वटासम्म आउने गरेकामा पछिल्लो तीन दिनमा पनि त्यही अनुपातमा ग्यास बोकेका बुलेट आएको तथ्याङ्कमा देखिएको खबर दीपकप्रसाद गौतमको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर