newskoseli.Com

‘मान्छे खाने मदिरा’ : युरिया मल, प्लास्टिक, चप्पल, मोजा, कुहाएको अन्न र सख्खर

मान्छेले मदिरा खान्छन् । प्रदेश– २ का जिल्लामा चाहिँ मदिराले मान्छे खाएको छ । अधिकांश जिल्लामा विषाक्त मदिरा उत्पादन गर्ने सयौं भट्टी छन्, जहाँ दैनिक ८० कम्तिमा हजार लिटर मदिरा उत्पादन हुन्छ ।

युरिया मल, सख्खर, फोहोर प्लास्टिक, चप्पल, मोजा र कुहाएको अन्न हालेर बनाइएको मदिरा विषाक्त हुन्छ । मदिरा खाएर एकै पटक ठूलो संख्यामा ज्यान गएको तथ्यांक बाहेक मदिराको मात लागेर दिनहुँ मृत्यु हुनेको कुनै लेखाजोखा छैन ।

विषाक्त मदिरा पिउँदा विगत केही वर्षमा धनुषामा १४, महोत्तरीमा १४ र बारामा ५ गरी ३३ जनाको मृत्यु भएको छ । अखाद्य पदार्थ मिसाई बनाइने मदिरा पिउनाले सर्वसाधारणको ज्यान मात्रै गएको छैन, सामाजिक–आर्थिक हैसियत पनि सखाप भएका धेरै उदाहरण छन् ।

मदिरा सेवनबाट जनकपुरमा ठूलो संख्यामा ज्यान गुमाएकाहरुको विषयमा ‘मदिराले खान्छ मान्छे’ शीर्षक समाचार आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर