
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिएका छन् । कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले अहिलेसम्म गरेका कामबारे आइतबार राष्ट्रियसभामा जानकारी दिने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री ढकालले भने– ‘सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिइएको छ । अस्पतालमा काम गर्ने जनशक्ति र जोखिम हटाउन आवश्यक पहल गरिएको छ ।’
नेपालमा आइतबारसम्म ४ सय ६४ जनामा कोरोना भाइरस परीक्षण गरे पनि एक जनामा समेत पोजेटिभ नदेखिएको उनको दाबी रहेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।