मिर्गौला प्रत्यारोपण गरेको दुई साता नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली शासकीय काममा सक्रिय हुन थालेका छन् । २१ फागुनमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मूत्रनलीमा रहेको स्टेन्ट आइतबार बिहान निकालिएको छ ।
बिहान स्टेन्ट निकालेका ओली सार्क राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीच आइतबार साँझ भएको भिडियो कन्फरेन्समा सहभागी भए । ओलीले सिंहदरबारस्थित एक्सन रुमबाट भिडियो कन्फरेन्समा सम्बोधन गरेको खबर दिनेश गौतमको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।