newskoseli.Com

‘कालोबजारी र कृत्रिम अभाव गर्नेविरुद्ध कडा कारबाही’ : प्रशासन

कोरोना संक्रमणको त्रास फैलिइरहेकै बेला बढी नाफा कमाउने उद्धेश्यका साथ कालोबजारी गर्ने तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध सरकारी संयन्त्रले कडा नीति अख्तियार गर्ने भएको छ ।

दैनिक उपभोग्य अतिआवश्यक वस्तुको कालोबजारी गर्ने, लुकाउने तथा कृत्रिम अभवा सिर्जना गर्नेविरुद्ध तत्काल कडा कारबाही गर्ने नीति अख्तियार गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनाए ।

उनका अनुसार कालोबजारी गर्ने उद्देश्यले लुकाइएका २० लाखभन्दा बढी थान मास्क बरामद प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट जफत गरिसकेको छ । अब दैनिक उपभोग्य अरू सामग्रीमा समेत यत्तिकै चनाखो भएर अझ कडा कारबाही गर्न प्रशासन क्रियाशील भैसकेको उनले बताएको खबर बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर