newskoseli.Com

सापकोटा–तिम्सिना ‘खटपट’ : सतहमै प्रकट !

संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाबीचको ‘मनमुटाव’ सतहमै देखिएको छ । सभामुख सापकोटाले संघीय संसदको कार्यवाहक महासचिवमा गोपालनाथ योगीलाई तोकेपछि त्यसमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले आपत्ति जनाएका छन् ।

सभामुख सापकोटाले बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका विभिन्न समितिका सभापति, सभामुख र अध्यक्षबीच छलफल राखेकामा मनमुटावको प्रभाव देखिएको छ । अध्यक्ष तिम्सिनाले सो बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएर असन्तुष्टि जनाए । उनले राष्ट्रियसभा अन्तर्गतका समितिका सभापतिलाई पनि बैठकमा नजान ‘सल्लाह’ दिएको बताइएको छ ।

‘अध्यक्षज्यूले कार्यवाहक महासचिवको विषयमा सरसल्लाह भएन भनेर भन्नुभयो’– राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्टले भनिन् । अध्यक्ष तिम्सिनासहित राष्ट्रियसभा र प्रतिनिधिसभाका धेरै समितिका सभापति नआउने भएपछि सभामुख सापकोटाले बुधबारको बैठक नै स्थगित गरे । सभामुख सापकोटाले प्रतिनिधिसभाका सचिव योगीलाई २ चैतमा ‘संघीय संसद्को महासचिव भई कामकाज गर्न तोकेको’ पत्र दिएका थिए ।

सो पत्रमा ‘राष्ट्रियसभा अध्यक्षको परामर्शमा कार्यवाहक तोकिएको’ उल्लेख रहेको खबर सविन शर्माको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर