newskoseli.Com

आफैं भत्काउन अटेर गरेपछि घरघरमा जोतियो डोजर

तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक–पटकको सूचना र ताकेतापछि पनि आफैं भत्काउन अटेर गर्ने काठमाडौंको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयको घरमा डोजर चलाइएको छ । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा दुई पटक गरी मुआब्जा लिई अहिलेसम्म घर नभत्काएका घरधनीको घरमा डोजर चलाइएको हो ।

सडक क्षेत्रमा परेका घर स्थानीयले नभत्काउँदा सडक निर्माण नै अवरोध भएपछि काठमाडौं उपत्यका विकास प्राधिकरण, काठमाडौं उपत्यका सडक विस्तार आयोजना र सडक विभागको संयुक्त पहलमा बुधबार चाबहिल–साँखु सडक खण्डमा पर्ने मूलपानी, थली र डाँछीका सडक क्षेत्रमा पर्ने घरमा डोजर चलाइएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार सो सडक खण्डमा पर्ने मूलपानी र डाँछीमा एक–एक वटा तथा थलीमा पाँच वटा घरमा डोजर चलाइएको खबर भउचप्रसाद यादवको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर