newskoseli.Com

४ बलात्कारीले पाए मृत्युदण्ड : फाँसीअघि के–के भयो ?

भारतमा सन् २०१२ मा भएको निर्भया माथिको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहान मृत्युदण्ड दिइएको छ । उनीहरुलाई मृत्युदण्ड दिइएपछि ‘न्यायको जित भएको’ प्रतिक्रिया निर्भयाकी आमाले दिएकी छन् ।

दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारै जनालाई मृत्युदण्ड दिइएको समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले जनाएको छ । तिहाड जेलका निर्देशक संदीप गोयलले भनेका छन्– ‘बिहान ठीक साढे पाँच बजे चारै जनालाई मृत्युदण्ड दिइएको हो ।’ जेलका अधिकारीलाई उद्धृत गर्दै चारै जनालाई एकै पटक मृत्युदण्ड दिइएको पीटीआईले जनाएको छ ।

१६ डिसेम्बर, २०१२ को राति निर्भयामाथि सामूहिक बलात्कार गरिएको थियो । सो घटनाको ७ वर्ष, ३ महिना ४ दिनपछि सो घटनाका अभियुक्त मुकेश, अक्षय, विनय र पवनलाई मृत्युदण्ड दिइएको हो ।

अर्को भारतीय समाचार एजेन्सी ‘भास्कर’ ले जनाएअनुसार मृत्युदण्ड दिनुअघि पवन, मुकेश, विनय र अक्षयलाई नास्ता खान दिइएको थियो तर उनीहरुले खान अस्वीकार गरे र विनय भने रुन थाले । त्यसपछि उनीहरुलाई तिहाड जेल नम्बर– ३ मा बनेको ‘फाँसी घर’ मा पुर्‍याइएको थियो, जहाँ पवन जल्लादले उनीहरुलाई झुन्ड्याए र ४० मिनेटपछि उनीहरुलाई मृत घोषित गरियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर