newskoseli.Com

५ सय ७९ जनाको कोरोना परीक्षण, नतिजा सबैको नेगेटिभ

कोरोनाभाइरस (कोभिड– १९) को महामारीसँग जुध्न सरकारले महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा नेपालमा हालसम्म गरिएका परीक्षणमा भने कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो, तीमध्ये सबैमा नेगेटिभ नतिजा देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमताको उपकरण छ । प्रयोगशालामा हाल दैनिक ५० देखि ६० जनासम्म कोरोना परीक्षणका लागि नमूना आउने गरेका छन् । तर, सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए । प्रयोगशालाले ‘नेजल स्वाब’ र ‘थ्रोट स्वाब’ को नमूनाबाट परीक्षण गर्दै आएको छ । हाल २५ जनाको कोरोना परीक्षण भइरहेको छ ।

चीनबाट आएका एक नेपालीलाई दुई महिना अघि कोरोना पोजेटिभ देखिएको थियो । उनको रिपोर्ट हङकङ पठाइएको थियो । पुनः कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आए यता हालसम्म कुनै पनि नेपालीलाई कोरोना पोजेटिभ नभएको प्रयोगशालाले जनाएको खबर प्रशान्त वलीको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर