newskoseli.Com

चर्चित कलाकार पनि ‘सेल्फ क्वारेन्टाइन’ मा

कोभिड– १९ बाट बच्न कलाकारहरु पनि सतर्क हुन थालेका छन् । नेपालीदेखि हलिउड र बलिउडसम्मका कलाकार ‘सेल्फ आइसोलेसन’ मा बसिरहेका छन् ।

नेपाली सिनेमाको छायाङ्कनदेखि प्रदर्शनसम्ममा कोरोनाको प्रभाव परेको छ । त्यसैले अहिले कलाकार फुर्सदमा छन् । अधिकांश कलाकार परिवारका साथ फुर्सदको समय बिताइरहेका छन् ।

दीपक बज्राचार्य अस्ट्रेलिया टुर स्थगित गरी स्वदेश फर्किएर ‘सेल्फ क्वारेन्टाइन’ मा बसिरहेका छन् । टुरमा गएको उनको समूह ‘सेल्फ क्वारेन्टाइन’ मा बसेको गायक बज्राचार्यले जानकारी दिए ।

आफूसहितको समूह अस्ट्रेलियामा दुई महिनाका लागि कन्सर्ट गर्न गएको थियो तर कोरोनाले विश्वभर आतङ्क फैलाएको थाहा पाएपछि दुई हप्तामै स्वदेश फर्किएको उनले बताएको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर