newskoseli.Com

‘कोरोना रोक्न चिनियाँ मोडल अपनाउँछौं’ : मन्त्री भट्ट

काेराेनाभाइरस (कोभिड– १९ ) काे संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले चिनियाँ मोडल अपनाउने तयारी थालेको छ । संसदको ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति’ को आइतबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिए ।

कोभिड– १९ रोकथाम तथा नियन्त्रणमा विश्वमा अहिले दुई मोडल अपनाइएका छन् । पहिलो, चिनियाँ मोडल जुन ‘लकडाउन’ गर्ने विधि हो । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो । दोस्रो मोडल, लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने विधि हो, जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफल रूपमा अपनाइरहेका छन् ।

चीनबारे जानकार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रूपक सापकोटाका अनुसार वुहानमा संक्रमण देखापरेपछि चीनले सबैलाई नै कर्फ्युजस्तै अवस्था बनाएर खानेपानी, खाने कुरालगायत आवश्यक सामग्री उपलब्ध गराएको खबर सोमबारको जगदीश्वर पाण्डेको बाइलाइनमा कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर