newskoseli.Com

११३७ मा फोन गर्नोस्, घरमै आउँछन् अत्यावश्यकीय सामग्री

काठमाडौं उपत्यकावासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न सरकारले मिनीट्रकको व्यवस्था गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर ११३७ मा उपभोक्ताले खान नपाएको भन्ने गुनासो आएपछि मिनीट्रकमार्फत अत्यावश्यकीय खाद्य ढुवानीको व्यवस्था गर्न लागेको हो ।

ती मिनीट्रकलाई विशेष पास उपलब्ध गराएर अत्यावश्यकीय खाद्यान्न जस्तो– चामल, दाल, तेल, नुन, आलुलगायतका सामग्री ढुवानी गर्न सकिने गरी तयारी भएको मन्त्रालयले जनाएको छ । सङ्कटका बेलामा जसरी पनि सेवा दिने मनस्थिति बनाएर बस्न व्यापारिक प्रष्ठिानलाई आग्रह गरिएको पनि उनले जानकारी दिए ।

मन्त्रालयले निजीस्तरबाट सञ्चालित ठूला खाद्यान्न बिक्रेता र सुपरमार्केटलाई घरसम्मै ढुवानीको व्यवस्था गर्न आग्रह गरेको खबर सीता शर्माको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर