newskoseli.Com

अचानक पड्केको गोली लागेर प्रहरीको मृत्यु

सांकेतिक तस्बिर

कोरोनाभाइरसको संक्रमणबाट नागरिकलाई बचाउन सरकारले आह्वान गरेको लकडाउनमा खटेने प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

हरिनास गाउँपालिकास्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ वर्षीय रविन्द्र पौडेल हतियार व्यवस्थापनका क्रममा गोली लागेर घाइते भएका थिए । मणिपाल अस्पतालमा उपचारकै क्रममा पौडेलको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

इलाका प्रहरी चौकीको हतियार व्यवस्थापन शाखामा कार्यरत उनलाई शुक्रबार दिउँसो करिव १ बजेतिर अचानक गोली पड्केर लागेको खबर श्रीकृष्ण सिग्देलको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर