newskoseli.Com

चीनबाट ल्याइए मेडिकल सामग्री : धरानमा पनि परीक्षण सुरु, सातै प्रदेशमा विस्तार हुँदै

चीनको गोन्जाओबाट कोरोनाभाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौं ल्याइएको छ । नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामग्री नेपाल ल्याइएको हो ।

चीनबाट अनुदान प्राप्त तथा खरिद गरी ल्याइएका मेडिकल सामग्री सात वटै प्रदेशमा वितरण गरिने भएको छ । अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको र धरानबाट कोरोना भाइरसको नमूना परीक्षण सुरु भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

कोरोनाभाइरसको परीक्षण छिट्टै अन्यत्र पनि विस्तार गरिने जानकारी दिँदै उनले भने– ‘सीमा होलान्, विकसित देशलाई समेत हम्मेहम्मे परिरहेको महामारीविरुद्ध सरकार सम्पूर्ण शक्तिका साथ लागेको छ, विनम्र अनुरोध छ, अहोरात्र खटिइरहेकालाई साथ दिनुहोस्, हौसला दिनुहोस् ।’

कोरोनाभाइरसको रोकथाम तथा परीक्षणका सम्बन्धमा भैरहेको पछिल्लो प्रयाससम्बन्धी यो खबर सरोज ढुङ्गेलको बाइलाइनमा सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर