newskoseli.Com

पैसाकाे शक्ति : एक वर्षको सजाय एकै दिनमा भुक्तान

धनुषाधाम नगरपालिका– ९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका लागि ११ चैत, २०७६ मा महोत्तरीको जलेश्वर कारागार पुगेका थिए ।

अदालतको फैसलाअनुसार यादवलाई ११ चैत, २०७७ मा रिहा हुने गरी कारागार पठाइएको थियो । तर, उनी जेलमा एक दिन मात्रै बसेर रिहा भएका छन् । जलेश्वर कारागार शाखाका जेलर मकसूदन महासेठका अनुसार प्रतिदिन ३ सय रुपैयाँका दरले जरिवाना तिरेर उनी रिहा भएका हुन् ।

धनुषा जिल्ला अदालतमा निवेदन साथ उपस्थित भएपछि अदालतले उनलाई कैद सजायवापतको जरिवाना लिएर रिहा गर्न आदेश दिएको खबर सुजीतकुमार झाको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर