newskoseli.Com

कोरोना चाँच्ने ‘र्‍यापिड किट’ : करोडौं खर्चेर ल्याइए तर प्रयोग नगर्न आग्रह

फाइल तस्बिर

कोरोना संक्रमण परीक्षण गर्न भनी हालै मात्र करोडौं खर्चेर ल्याइएका ‘र्‍यापिड किट’ प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीतका भएकाले ती किटहरु प्रयोग नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

‘यो किट प्रयोग गरेर गरिएको परीक्षणमा रिपोर्ट गलत आउने गरेको पाइएको छ त्यसैले विश्व स्वास्थ्य संगठनले यो किट प्रयोग गर्न लायक नभएको निर्क्योल गरेको अवस्था छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहकार (स्वास्थ्यविज्ञ) डा. खेम कार्कीले भने– ‘यसको प्रयोगमा विश्वभरि समस्या आएको पाइएपछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अनुमति नदिएको हो ।’

सरकारले निःशुल्क कोभिड– १९ को जाँच गरिरहेका बखत भरपर्दो नभएको र्‍यापिड किट प्रयोगको माग गर्ने र गराउने दुवैले नियम उल्लंघन गरेको मन्त्रालयका विशेषज्ञ चिकित्सक डा. रोशन पोखरेलले बताए । यस्तो किटको प्रयोगले बिरामी दुई तरिकाले ठगीमा पर्ने र त्यसको असर समुदायमा समेत पर्ने उनको भनाइ छ । एकातिर सरकारले दिएको सुविधाबाट वञ्चित हुने, अर्कोतिर यस्तो परीक्षणबाट गलत रिपोर्ट आउने हुनाले व्यक्ति र समुदाय दुवैमा असर पर्ने उनले बताएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर