newskoseli.Com

विश्वका सबैजसो विमान कम्पनी टाट पल्टने खतरा : कोरोना प्रभाव

कोरोना महामारीका कारण संसारभर सम्पर्क सञ्जाल विच्छेद भएपछि विमान कम्पनीहरू प्रत्यक्ष मारमा परेका छन् । धेरैजसो हवाई कम्पनी दुई महिनादेखि ठूलो घाटा व्यहोरिरहेका छन् । विमानस्थलको पार्किङ खर्च धान्न पनि उनीहरूलाई धौ–धौ छ ।

विश्वको एकचौथाइ जनसंख्या यतिबेला लकडाउनमा छ । कोरोना महामारी साम्य भएर आममानिस विश्वस्त भई यात्रा गर्न अझै धेरै समय लाग्ने देखिन्छ । महामारीसँग जुधिरहेका मुलुकले बाह्य उडान मात्र होइन, आन्तरिक समेत ठप्प बनाएका छन् । एयरलाइन्सहरूले सन् २०२० को जनवरीयता मात्रै २५२ अर्ब अमेरिकी डलर घाटा व्यहोरेको नयाँ प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आएटा) ले सार्वजनिक गरेको छ । आएटाले एयरलाइन्स कम्पनीको पुनर्स्थापनामा लामो समय लाग्ने उल्लेख गरेको छ ।

आएटाका अनुसार मे महिनासम्म अहिलेकै अवस्था लम्बिइरहेको खण्डमा विश्वका सबैजसो विमान कम्पनी टाट पल्टनेछन् । अमेरिकी हवाई सेवा कम्पनी अमेरिकन एयरलाइन्सले उसका कर्मचारीको रोजगारी संरक्षणका लागि भन्दै सरकारसँग १२ अर्ब डलर सहायता माग गरेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर