newskoseli.Com

कोरोना अस्पतालमा मृत्यु प्रकरण : चार दिनसम्म किन उठेन शव ?

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव बुधबार साँझसम्म आफन्तले बुझेका छैनन् । थापाको मृत्युको कारण अस्पतालले बताउन नसकेपछि पत्नी र आफन्तले शव नउठाएका हुन् ।

रुघा–खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका आफ्ना पतिको उपचार नपाएरै मृत्यु भएको दाबी रीताको छ । ‘चार दिनअघि आफैं रिक्सा चढेर हाँसीखुसी अस्पताल जानुभएका मेरा पतिलाई अस्पालले उपचारै नगरेरै मारेको हो, मलाई न्याय चाहियो, गल्ती गर्नेलाइ कारबाही हुनुप¥यो’– रीताले भनिन् ।

बाबुरामका दाजु विमलले पनि भाइको मृत्युको कारण अस्पतालले बताउनुपर्ने तथा दुई छोराको पढाइ खर्च र बुहारीलाई नोकरीको व्यवस्था गरिदिनुपर्ने बताए । ‘भाइ त अब फर्केर आउँदैन तर अस्पतालकै लापरबाहीले सहाराबिहीन भएकी बुहारी र छोराहरुको त बिजोग हुनु भएन नि’– विमलले भनेको खबर रेखा भुसालको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर