newskoseli.Com

उपत्यकामा बनाइए ‘एक व्यक्ति, एक क्वारेन्टाइन बेड’ !

कोरोनाभाइरस (कोभिड– १९) ले नेपाली जनमानसमा त्रास बढिरहेका बेला काठमाडौं उपत्यकाभित्र भने विदेशबाट फर्किएका नागरिकका लागि ‘एक व्यक्ति, एक क्वारेन्टाइन बेड’ पुग्ने गरी निर्माण भएका छन् ।

कोरोनाभाइरसको सङ्क्रमण न्यूनीकरणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका १८ वटा नगरपालिकाले ‘एक व्यक्ति, एक बेड’ को अवधारणाअनुसार क्वारेन्टाइन निर्माण गरेका हुन् । उपत्यकास्थित १८ वटा नगरपालिकाभित्र गत ३ सातामा १ हजार २० जना विदेशबाट फर्किएका छन् भने १ हजार १ सय ९१ क्वारेन्टाइन बेड निर्माण भएका छन् ।

ती नगरपालिकाले आ–आफ्नो नगरपालिकाभित्र भएका अस्पतालसँग आपसी समन्वय गरी २ सय ८६ बेडको आइसोलेसन वार्ड समेत निर्माण गरेका छन् । यहाँका सबै स्थानीय तहले विदेशबाट आएका नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने हो भने कोरोनाभाइरसको सङ्क्रमण फैलन सक्ने सम्भावना नदेखिने जानकारहरूको भनाइ छ ।

कोरोनाभाइरसका लक्षण देखिएका सङ्क्रमित व्यक्ति राख्नका लागि यी नगरपालिकाले सामुदायिक विद्यालय, कलेज, सामुदायिक भवन, स्वास्थ्यचौकी र क्लबका भवनमा अग्रिम रूपमा क्वारेन्टाइन निर्माण गरेको खबर नगेन्द्र सापकोटाको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर