newskoseli.Com

५ दिनमा मात्रै लकडाउनकाे खबर पुगेकाे नेपालकै त्याे गाउँ ! कस्ताे छ काेराेनाविरूद्धकाे तयारी ?

हिमालपारिको गाउँ लिमीका वासिन्दाले कोरोनाभाइरस (कोभिड– १९) को सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन् । अहिलेको आधुनिक सञ्चार प्रविधिको युगमा पनि नाम्खा गाउँपालिकाको लिमी गाउँ यो प्रविधिको पहुँचमा छैन ।

देशमा जारी लकडाउनबारे काठमाडौंमा बसेका आफन्तको फोनबाट जानकारी पाएपछि गाउँ आउने सबै नाका बन्द गरिएको नाम्खा गाउँपालिकाका जनप्रतिनिधिले जानकारी दिएका छन् । केही समयअघि वर्ल्डलिङ्कको इन्टरनेट सेवाले काम गर्दा देश–विदेशका खबर सहजै थाहा पाउने लिमीका वासिन्दा अहिले इन्टरनेट सेवा अवरुद्ध हुँदा सञ्चारविहीन अवस्थामा छन् ।

अहिले नेपाल टेलिकमको एक लाइन भिस्याट फोनबाट यहाँका वासिन्दाले काम चलाइरहेका छन् । त्यही फोनबाट काठमाडौंबाट आफन्तले कोरोना सङ्क्रमणका कारण देशमा लकडाउन भएको जानकारी दिएलगत्तै स्थानीयवासीले लिमी उपत्यका प्रवेश गर्ने सबै नाका बन्द गरेका छन् ।

लकडाउन भएको पाँचौं दिनमा मात्र थाहा पाएको बताउँदै काठमाडौंबाट आफन्तको फोन नआएको भए लकडाउनबारे थाहा नै नहुने नाम्खा गाउँपालिका– ६, लिमी गाउँका अध्यक्ष पाल्जोर तामाङले बताएको खबर राजन राउतको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर