newskoseli.Com

अष्ट्रेलियन प्रधानमन्त्रीले भनिदिए : ‘व्यवस्थापन गर्न सकिँदैन, आफ्नै देश फर्क’, नेपाली विद्यार्थी अन्योलमा

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले विभिन्न देशबाट उच्च शिक्षाका लागि त्यहाँ पुगेका विद्यार्थीलाई ‘समस्या भए आ–आफ्नै देश फर्कन सक्ने’ आग्रह गरेका छन् । ‘आफ्नै देशका नागरिकको जीवनरक्षा गर्नुपर्ने’ भन्दै अष्ट्रेलियन मन्त्रिपरिषदको शुक्रबारको बैठकले अध्ययन र भ्रमणमा रहेका विदेशी नागरिकलाई ‘स्वदेश फर्कन’ आग्रह गरेको हो ।

स्थानीय नागरिक र स्थायी वासिन्दाका निम्ति मात्र सरकारले सेवा–सुविधाको व्यवस्थापन गर्न सक्ने भएकाले विदेशी विद्यार्थी, नागरिक र अस्थायी वसोबास गरिरहेकाहरुलाई सहयोग गर्न नसकिने अष्ट्रेलियन सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री स्कट मरिसनको यस्तो आग्रहपछि अध्ययनसहित विभिन्न कामका लागि अष्ट्रेलियामा रहेका नेपाली पनि अब अप्ठ्यारोमा पर्ने भएको खबर रुबी रौनियारको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर