newskoseli.Com

प्रधानमन्त्री ओली नै ‘गुमराहमा’ : स्वास्थ्य उपकरण खरिद प्रकरण

स्वार्थ समूहको प्रभावमा आफूलाई छक्याएर स्वास्थ्य सामग्री खरिद सम्झौता गरेकामा प्रधानमन्त्री दुई मन्त्री र सचिवालयका सदस्यहरुसँग आक्रोशित भएका छन् । अनियमितता भएको थाहा पाउनासाथ ओम्नी समूहसँगको सम्झौता प्रधानमन्त्री केपी ओलीले नै तोडाएका थिए ।

अचम्म त के छ भने तीन घन्टा मात्र बोलपत्र आह्वान गरेर सम्झौताको जिम्मा दिइएको थियो । महँगो रेटमा सामग्री खरिद गर्नेदेखि केवल कमिसनकै आधारमा कहिल्यै स्वास्थ्य सामग्री आपूर्ति नगरेको कम्पनीलाई खरिदको जिम्मा दिनेसम्मका हर्कत गरिएको भन्दै तीव्र विवाद उत्पन्न भएको थियो । खरिद प्रकरणको विरोध हुन थालेपछि मात्र प्रधानमन्त्रीले यस विषयमा चासो देखाएका थिए ।

मिर्गौला प्रत्यारोपणपछि आराम गरिरहेका प्रधानमन्त्री ओली त्यतिबेला झस्किए, जतिबेला खरिद प्रकरणभित्र आफ्नै सचिवालयका सल्लाहकारदेखि मन्त्रीसम्म संलग्न रहेको जानकारी पाए । १६ चैतको मन्त्रिपरिषद् बैठकमा यसबारे के भएको भन्दै उनले सोधीखोजी गरेका थिए । ‘स्वास्थ्य उपकरण खरिदका सन्दर्भमा भएको के हो ? बाहिर अनेक कुरा किन आइरहेका छन् ? भ्रष्टाचार भयो भनेर त्यो विषय कसरी उठ्यो ? प्रश्न उठ्नुका कारण के हुन् ?’ खरिद प्रकरणमा संलग्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले र्‍याखर्‍याख्ती पारे ।

आफूलाई गुमराहमा राखेर खरिद प्रकरणभित्र आर्थिक अनियमितताको खेल रचेको तथ्यसहितको सूचना पाएपछि यो विषयमा गम्भीर अध्ययन सुरु गरेको कुरा मन्त्रिपरिपद् बैठकमै प्रधानमन्त्रीले भनेका थिए । स्रोतका अनुसार खरिद प्रकरणमा बदनियत देखिएपछि र आफ्नै भन्ने नेताहरूले आफैंलाई गुमाराहमा राखेको तथ्य थाहा पाएपछि ओम्नीसँगको सम्झौता खारेज गर्न प्रधानमन्त्रीले बुधबार निर्देशन दिएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर