newskoseli.Com

कोरोनाबाट महिलाभन्दा पुरुषकाे मृत्यु बढी : यस्ताे छ कारण…

कोरोनाभाइरसको संक्रमण विश्वभरि फैलिएको छ । यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ, त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन् । यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ । यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ ।

चुरोट बढी तान्ने, समयमै स्वास्थ सेवा लिन अनिच्छुक र तुलनात्मक रुपमा हात कम धुनेमा महिलाभन्दा पुरुष बढी भएकाले यस्तो तर्क गरिएको हो । तर, यहाँ एउटा वैज्ञानिक तथ्यलाई बिर्सिइएको छ, त्यो हो– जीवनको निरन्तर अस्तित्वका हिसाबले महिलाभन्दा पुरुष कमजोर लिंग हो । यो जीवनको कालखण्डमा एक पटक मात्र आउने महामारीका बेलाको प्रसंग मात्र होइन । लैंगिक हिसाबमा अन्तर्निहित जैविक फाइदा जीवनको हरेक चरणमा हुन्छ ।

उदाहरणका लागि जन्मदिन मनाउने मौका केटाले भन्दा केटीले बढी पाउँछन् । एक सय वर्षभन्दा बढी उमेरका मानिसमा ८० प्रतिशत महिला छन् भने ११० वर्षभन्दा बढी उमेरकामा त झन् ९५ प्रतिशत महिला रहेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर