newskoseli.Com

फेरि ३५ करोडको सामान किन्दै स्वास्थ्य सेवा विभाग

ओम्नी समूहलाई स्वास्थ्य उपकरण खरिदको ठेक्का दिएर विवादमा परेको स्वास्थ्य सेवा विभागले विभिन्न स्वास्थ्य उपकरण किन्न फेरि टेन्डर आह्वान गरेको छ ।

१ अर्ब २५ करोडभन्दा बढी रकमको खरिद प्रक्रिया विवादमा तानिएपछि ओम्नीसँगको ठेक्का रद्द गरेको विभागले मंगलबार करिव ३५ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्न टेन्डर प्रकाशित गरेको हो ।

ओम्नीसँगको ठेक्का रद्द गरिएपछि मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई स्वास्थ्य उपकरण खरिद गर्ने जिम्मेवारी दिइसकेको अवस्थामा विभागले फेरि खरिद प्रक्रिया अगाडि बढाउनुले रहस्य जन्माएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर