newskoseli.Com

विदेशमा रहेका नेपालीलाई ‘तत्काल फर्काउन नसकिने’

विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको सरकारले स्पष्ट पारेको छ । कोरोनाभाइसरको संक्रमण बढ्दै जाँदा विभिन्न देशमा लकडाउन गरिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्कन चाहिरहेको खबर आएका सम्बन्धमा सरकारले यस्तो धारणा प्रकट गरेको हो ।

विदेशमा रहेका नेपालीलाई आफू रहेकै स्थानमा सुरक्षित रहन सरकारले भनेको छ । विदेशस्थित कूटनीतिक नियोगमार्फत नेपालीलाई आफू बसेको ठाउँमै सुरक्षित रहन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘कूटनीतिक नियोगमार्फत नेपालीहरूको अवस्थाबारे दैनिक विवरण लिने काम भइरहेको छ, नेपालीहरूलाई दूतावासको नजिक रहन भनिरहेका छौं’– मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने ।

कोरोनाको संक्रमणबाट बच्न आफू बसेको देशको नीति–नियम पालना गरी सुरक्षित उपाय अपनाउन कूटनीतिक नियोगले बारम्बार आग्रह गरिरहेको पनि उनले बताए । कोरोनाभाइरस विश्वव्यापी महामारी रहेकाले ठूलो संख्यामा विदेशमा रहेका नेपालीहरूलाई तत्काल नेपाल फर्काएर क्वारेन्टाइनमा राख्न नसकिने पनि मन्त्रालयले जनाएको छ ।

कतिपय नेपालीहरू फर्कन चाहेको भए पनि कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रहेककाले नेपाल फर्कनु मात्र समस्याको समाधान नभएको भन्दै कूटनीतिक नियोगले नेपालीहरूलाई निरन्तर सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर