नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौ जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ । एक जना भने उपचारपछि निको भएर उहिल्यै घर फर्किसकेका छन् ।
कोरोना संक्रमण भएकाहरु निको हुने क्रममा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको संक्रमितको उपचाररत अस्पतालका चिकित्सकले बताएका हुन् । पर्याप्त सतर्कता अपनाउन भने चिकित्सकले सबैमा आग्रह गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइसोलेसन वार्डमा उपचाररत आठै जनाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको खबर प्रशान्त वलीको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।