newskoseli.Com

कोरोनाभाइरस संक्रमितमा भेटिए अरु पनि थुप्रै लक्षणहरु

कोरोनाभाइरस संक्रमित केही बिरामीमा अहिले चर्चा गरिएभन्दा बढी पनि केही न्युरोलोजिकल समस्या देखापरेका छन् । शुक्रबार सार्वजनिक एउटा अध्ययन प्रतिवेदनले देखाएअनुसार कोरोनाभाइरसका संक्रमितमा चक्कर लाग्ने, टाउको दुख्ने र होस गुम्ने, बोली स्पष्ट नहुने, बासना थाहा नपाउनेजस्ता समस्या समेत देखिएको उल्लेख छ ।

थुप्रै अनुसन्धाताहरु मिलेर हालै चीनमा २ सय १४ जना कोरोनाभाइरसका संक्रमितमाथि गरेको अध्ययनमा यी लक्षण फेला परेका हुन् । अध्ययनका क्रममा झन्डै आधा बिरामीमा कुनै न कुनै न्युरोलोजिकल समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनअनुसार ३६ जनामा चक्कर लाग्ने, २८ जनामा टाउको दुख्ने र १६ जनामा होस गुम्ने लक्षण देखिएको छ । एक व्यक्तिमा भने सिजर्स र अटासिया (बोली स्पष्ट नहुने र अस्थिर रहने) रोग समेत देखिएको छ भने १९ बिरामीमा सेन्सरी ड्यामेज अर्थात् स्वाद र बासना थाहा नपाउने लक्षण पनि देखिएको अध्यताहरुले जनाएका छन् ।

थप यो पनि पढ्नोस्–
कोरोना महामारीबारे वरिष्ठ डाक्टरले गरे महत्त्वपूर्ण खुलासा (भिडियाेसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर