कोरोनाभाइरसको महाविपत्तिका कारण जनताले लगातार असुरक्षा महशुस गरिरहेका छन् । सुरक्षाकर्मीको अभावमा सीमा नाका समेत कडिकडाउ हुन सकेको छैन ।
तर, जनताको सुरक्षा र सीमा नाकामा खटाइनुपर्ने सयौं सुरक्षाकर्मी अझै पनि कार्यविधिविपरीत ‘भीआईपी’ को घर र आवासकै सुरक्षामा खटिइरहेका छन् ।
प्रायः सबै पूर्वप्रधानमन्त्री र मन्त्रीहरुले कार्यविधिविपरीत ठूलो संख्यामा सुरक्षाकर्मीहरु आफ्नो आवासमा राख्दै आइरहेको भए पनि फिर्ता गर्न सरकारले कुनै चासो नदेखाएको खबर महेश्वर गौतमको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।