भैरहवा भन्सार कार्यालयबाट आलु, प्याज, ग्यास बुलेटलगायतका सामग्रीको आयात दोब्बर भएको छ । अति आवश्यक सामग्री नियमितरुपमा आयात भइरहेका छन् ।
गतवर्षको यो अवधिमा भन्दा अहिले अति आवश्यकीय वस्तुको आयात बढेको छ । खाद्यान्न, तरकारी, फलफूल, तेलहन तथा खाने तेलको आयात गतवर्षको यो अवधिमा भन्दा बढी छ । गतवर्ष २३ दिनको अवधिमा १ सय ७९ ग्यास बुलेट आएकामा अहिले ३ सय ३६ पुगेको छ । त्यस्तै, १ सय ३९ ट्रक आलु र प्याज आयात भएकामा अहिले २ सय ९८ ट्रक आयात भएको छ ।
तर, डिजेल–पेट्रोलको आयातमा भने भारी गिरावट आएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलबहादुर भट्टराईले बताएको खबर मोहम्मद हबिबको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।