newskoseli.Com

भीआईपी/भीभीआईपीबाट सुरक्षाकर्मी फिर्ता गरिँदै

‘अति विशिष्ट’ र ‘विशिष्ट’ व्यक्ति (भीआईपी/भीभीआईपी) को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ । सीमा सुरक्षामा जनशक्तिको अभाव भएपछि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस भएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो प्रस्ताव पेस गरेका हुन् । मन्त्रालयले पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, राजनीतिक दलका नेता र पूर्वमन्त्रीहरुको सुरक्षार्थ खटिएका दुईतिहाइ अर्थात् ७५ प्रतिशत सुरक्षाकर्मी पनि फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषदको बैठकमा पेस गरेको छ ।

पूर्वप्रधानमन्त्रीलाई ३ जना र पूर्वगृहमन्त्रीलाई २ जनाबाहेक सबै सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव गरिएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर