newskoseli.Com

नेपाली शब्दकोश सच्याइँदै : ‘भाइरस’ लगायतका केही शब्द थपिँदै

चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाइरस (कोभिड– १९) महामारीका कारण चलनचल्तीमा आएका केही नयाँ प्राविधिक शब्द नेपाली शब्दकोशमा थप्न नेपाल प्रज्ञा–प्रतिष्ठानले तयारी गरेको छ ।

हाल चलनचल्तीमा आएका थुप्रै नयाँ शब्द अबका पुस्ताले बुझून् भन्ने उद्देश्यले प्रतिष्ठानले नयाँ शब्दहरु थप्ने तयारी गरेको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए ।

हाल चलनचल्तीमा रहेका कोरोना, कोभिड– १९, लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, होम–क्वारेन्टाइन, र्‍यापिड टेस्टिङ, किट, भाइरस, सोसल डिस्टेन्स, ट्रेसिङ लगायत कोरोना महामारीसँग जोडिएका शब्दहरु शब्दकोशमा थप्ने तयारी अन्तिम चरणमा पुगेको कुलपति उप्रेतीले बताएको खबर रुबी रौनियारको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर